५ असोज २०८०, काठमाडौं
आख्यानकार विश्व कुइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास गोपीचा विमोचन सम्पन्न भएको छ । गरियो । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी
च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोश्रो साहित्यिक कृति हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ आख्यानकार नारायण ढकालले वताए, “काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातिय बिरोधलाई आम पाठक समक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दख्खल
हो,जातिय बिभेदको चरम असमानतामाथी बिद्रोह गरेको पात्र मार्फत ऐतिहासिक विषयवस्तुमा सामाजिक चित्रण गरेको उपन्यास आफैमा एक महत्त्वपूर्ण कृति बनेको छ ।“
कृतिमाथि समीक्षक राजकुमार बानियाँ, कुमारी लामा र लेखक शङ्कर तिवारीले समेत गोपीचा आख्यानमाथि आफ्ना धारणा राखे ।
लेखकले पनि आफ्नो कृतिबारे धारणा प्रस्तुत गरेका थिए ।