साहित्यकारत्रय  कोइराला, अर्याल तथा घिमिरेको सम्झनामा कवि गोष्ठी

समाचार

 

३० सेप्टेम्बर २०२३, डेन्भर कोलोराडो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले नेपाली साहित्यका तीन मूर्धन्य साहित्यकारहरू विश्वेश्वरप्रसाद कोइराला, हास्यव्यंग्यकार भैरव अर्याल तथा राष्ट्रकवि माधव घिमिरेको सम्झनामा कवि गोष्ठी आयोजना गर्‍यो । जूमको माध्यमवाट गरिएको सोकार्यक्रममा साहित्यकार पुष्पराज पौडेलले तीनै जना स्रष्टाहरूमाथि रचना गरिएको छन्द कविताहरू प्रस्तुत गरेका थिए । अनेसास बोर्डअफ ट्रष्टिजका सभापति पदम विश्वकर्मा तथा साहित्यकार डा. सुशील ताम्राकारले साहित्यकारलत्रयका विषयमा बोलेका थिए ।कार्यक्रममा समीर आचार्य, तारा अधिकारी, प्रभा आचार्य, केशव आचार्य, माधव शिवाकोटी, रमा पोखरेल, दीप्ति आचार्य, गङ्गापौडेल, रन्जु आचार्य, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, मीना पौडेल, डा. भीमप्रकाश कट्टेल,  भूपेन्द्र महत, डा. खगेन्द्र दाहाल, दामोदर लुइटेल, पार्वती शर्मा, वासुदेव खनाल, गङ्गा अभिलाषी तथा उपेन्द्र घिमिरेले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमकोसभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गरेका थिए ।

 

Leave a Reply