३० जुलाई २०२३, असम
भारतको नेपालीभाषी क्षेत्र असमबाट आउँदो अक्टोवर महिनादेखि द्वैमासिक साहित्यिक पत्रिका “ईण्द्रेनी” प्रकाशन हुन लागेको छ । संसार डिजिटल युगमा गएको, मुद्रित पुस्तक पत्रिकाको प्रकाशन घट्दै गईरहेको भनिएको बेलामा छापा साहित्यिक पत्रिका प्रकाशनको शुभारम्भ निकै सुखद खवर हो ।
इन्द्रेनी प्रकाशन, असम तथा पूर्वायण प्रकाशनको संयुक्त पहलमा प्रकाशित हुने यस पत्रिकामा कथा, कविता, निबन्ध, समालोचना, एकाङ्की, नियात्रा, व्यङ्ग्य,अनुवाद आदि साहित्यका विविध विधालाई स्थान दिइने वताइएको छ ।
यसका मुख्य सम्पादक रुद्र बराल र सम्पादक पूजा उपाध्याय रहने कुरा समेत ज्ञात भएको छ ।