कलिङ्ग साहित्य उत्सव काठमाडौं संस्करण २ सम्पन्न हुँदै

मुख्य समाचार

१३ भदौ, काठमाडौं

सूर्य नेपाल काठमाडौं कलिङ्ग साहित्य उत्सव दोश्रो संस्करण यही भदौ १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । भारतको उडिसा राज्यको भूवनेश्वरमा हुने गरेको कलिङ्ग साहित्य उत्सव नेपाल संस्करणको रुपमा गत बर्षदेखि काठमाडौंमा आयोजना गर्न थालिएको हो । यो उत्सवको नेपाल संयोजक साहित्यकार रञ्जना निरौला रहेकी छिन् ।
उत्सवको अन्तिम तयारी भैसकेको छ र ३ दिने कार्यक्रमको विस्तृत विवरण समेत प्रकाशित भैसकेको छ । कार्यक्रम अनुसार पहिलो दिन २ हलमा १५ सत्रहरु हुनेछन्, दोश्रो दिन २ हलमा २२ सत्रहरु हुनेछन् भने अन्तिम दिन १८ सत्रहरु रहेका छन् ।
यी विविध सत्रहरुमा साहित्यिक रचना वान, गजल मुसायरा, पुस्तक चर्चा, साहित्य र आम जीवनका बिबिध पक्षहरुको अन्तर्सम्बन्ध बारे छलफल, संस्कृति र सभ्यता, पुरस्कार र गरिमा, मानवसेवा, चिकित्सा र साहित्य लगायतका सेसनहरु हुनेछन् ।
उत्सवमा यसै वर्षदेखि यशस्वी पुस्तक अवार्ड समेत प्रदान गर्न शुरु गरिएको छ । विभिन्न बिधाका १० पुस्तकहरु पुरस्कृत गरिने घोषणा यसअघि नै गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *