१४ भदौ २०८०, काठमाडौं
मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८०” का लागि १० कृति छनौट गरेको छ ।
परिषदका अनुसार रञ्जना निरौलाको “अनुभूतिको अवतरण”, सिम्रन क्षेत्रीको “झुमर”, डा. दामोदर पुडासैनी किशोरको “डोल्पो ओ डोल्पो, रमेश क्षितिजको “पर्वतपर्वतमा बटुवा घाम”, सन्तोष श्रेष्ठको “फरैना”, रामलाल जोशीको “बा आमा”, प्रोल्लास सिन्धुलियको “भग्न भैरव”, युवराज नयाँ घरेको “याकजी”, डा. विदुर चालिसेको “लघुकथालय” तथा अशोक थापाको “सन्तापको धून” छनौटमा परेका छन् । विसं २०७८ पछि प्रकाशित तथा परिषदलाई प्राप्त १४५ पुस्तकमध्ये यी १० पुस्तकहरु छानिएका हुन् ।
यी पुस्तकमध्ये एक पुस्तकलाई रु ५० हजार राशी र सम्मानपत्र प्रदान गरिनेछ ।
परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
स्मरणीय छ, यी १० पुस्तकका लेखकहरुमध्ये रामलाल जोशी र युवराज नयाँघरे मदन पुरस्कार प्राप्त लेखकहरु हुन् ।