काठमाडौं, २५ जेठ
१३ वर्षिय बाल प्रतिभा कुञ्जल सुभेच्छु लुईंटेलको समिक्षात्मक पुस्तक “मैले पढेका पुस्तक” नेपाल बाल साहित्य समाज र युनाइटेड स्कूलको संयुक्त आयोजनामा काठमाडौंमा सार्बजनिकिकरण भएको छ ।
वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथि प्राडा वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवा, साहित्यकारहरू-प्राडा जीवेन्द्रदेव गिरी र भुवनहरि सिग्देलले पुस्तकको लोकार्पण गरेका थिए।
विनय कुमार शर्मा नेपालको सम्पादनमा प्रकाशित सो पुस्तकमा माधवप्रसाद घिमिरेको बाला लहरी, वसन्तकुमार शर्मा नेपालको तीन तारा, गङ्गा कर्माचार्य पौडेलको नबिराउनु नडराउनु, विष्णुकुमार पौडेलका नयाँ सङ्कल्प, हात्तीको फुर्ती, शारदा अधिकारीको हराएकी छोरी, रमेश विकलको केही मूर्खहरुको कथा, महेश पौडेलको चिम्पान्जीको चिन्ता, ज्ञान उदासको नानीका कथाको किताब, जनकप्रसाद हुमागाईंको नानीको प्रगति, प्रमोद प्रधानको खैरो बकुल्लागङग कर्माचार्य पौडेलका छमछमी नाच्छु तीजमा, कागले किन काँ काँ भन्छ ? जस्ता समीक्षा समेटिएका छन् । त्यसै गरी किताबमा कनकमणि दीक्षितको काठमाडौँ सन्धि, छायादत्त न्यौपानेको हाम्रा कुरा, रामदेव पाण्डेको घर जस्तो स्कुल मेरो, ज्ञाननिष्ठ ज्ञवालीको सविज्ञाको कम्प्युटर, यम बास्तोलाको गायक बिरालो, शेखर श्रेष्ठको सेतो हिमालमुन्तिर, विनय कसजूको अबोलाको मोबाइल फोन, शान्ति सापकोटाको लुसीको माया, म्याक्सिम गोर्कीको हृदयको ज्योति, देबु लुइटेलको मेरो गाउँ, यशु श्रेष्ठका रुँदै कराउँदै र कता जाऔँ होला ? पनि समेटिएका छन् । यस कृतिमा रामकुमार पण्डित क्षेत्रीको बुद्ध विचार, सजनी नौबागेको राजकुमारीको सपना, चन्द्रमा पौडेलको बाघको भिडियो, दिव्यलक्ष्मी पोख्रेलको झिलिमिली जुनतारा, प्रभा भट्टराईको पोसिला कविता, छायादत्त न्यौपानेको केरै केरा, सुरेन उप्रेतीको नेपालका शान, ललिता दोषीको दुई खुट्टे बिरालो, विजयराज आचार्यको स्वयम्भूका आँखाहरु, कार्तिकेय घिमिरेको वाहा ! दुनोट पसलेकी छोरी, कविताराम श्रेष्ठको जुजु हिरा, गीता सापकोटाको पुरस्कार, विनयकुमार शर्मा नेपालको किसान र भगवान् जस्ता कृतिमाथि लेखिएका लघुसमीक्षा समेटिएका छन् ।
सामान्यतः वाल प्रतिभाहरुको अरु विधामा रचनाहरु प्रकाशित हुने गरेकोमा यति धेरै पुस्तकको समीक्षात्मक पुस्तक सम्भवतः पहिलो नै हो । यो पुस्तक वाल स्रष्टा कुञ्जल सुभेच्छु लुईंटेलको ब्रतबन्धको अवसरमा आयोजना गरिएको हो ।