३१ जुलाई २०२४, वाशिंटन डिसी
जेएन दाहाल लिखित उपन्यास “प्रहेलिका” लाई हिमटीका आख्यान पुरस्कार प्रदान गरिने भएको छ । एक हजार एकसय एक अमेरिकी डलरको सो पुरस्कार आगामि १७ अगस्तमा क्यानाडाको विण्डसर, ओन्टारियोमा सम्मपन्न हुने सम्मेलनका अवसरमा प्रदान गरिने साहित्य परिषद भूटानका सचिव खेम रिजाल हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
प्रत्येक तीन बर्षमा भुटानी स्रष्टाद्वारा लेखिएका उपन्यासलाई दिइने सो पुरस्कार पाउने दाहाल प्रथम स्रष्टा भएका छन् ।
यो पुरस्कार साहित्य परिषद भूटानका संस्थापक समेत रहेका साहित्यकार गङ्गा लामिटारेको परिवारले स्थापना गरेको हो ।