२ भदौ २०८०, काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन गरेको छ । निर्वाचनमा अध्यक्ष राजेन्द्र के. सी., प्रथम उपाध्यक्ष मन्जिलाअनिल द्वित्तिय उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रन्जना निरौला, सचिव सुशिला खड्का हसिना, कोषाध्यक्ष कमला रिसाल तथा सदस्यहरुमा आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह “बाबा”, सीता विष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकालसहित सबै निर्विरोध निर्वाचित भएका छन् ।
सो अधिवेशनको उद्घाटन-सत्रमा “राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार” नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल रमरणोपरान्त प्रेमध्वज प्रधानलाई समर्पण गरिएको थियो । प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केले ग्रहण गरेकी थिइन् । वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई “अनेसास विशिष्ट सम्मान” अर्पण गरिएको थियो ।
सो समारोहमा अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।
अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्रीलाई पनि सम्मानको घोषणा गरिएको थियो ।
सोही अवसरमा राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा “शीला”, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी “अनेसास भानु विशेष सम्मान”बाट भानु प्रतिष्ठानलाई र “भानु सम्मानबाट कविहरु क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल र सरु बस्नेतलाई सम्मानित गरिएको थियो ।
अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो । प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद रु. ३०,०००, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद रु. २०,०००, र तृतीय हुनेसम्झना निरौलालाई नगद रु. १०,००० सहित प्रमाणपत्र सो अवसरमा प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. गोविन्दराजभट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडीलगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो ।
निर्वाचित कार्यसमितिलाई सोही समारोहमा निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।