२७ भदौ २०८०, काठमाडौं
नेपालको नीजि क्षेत्रको अग्रणी प्रकाशन संस्था फाइन प्रिण्टले वर्षेनी गर्दै आएको नेपाल लिटरेचर फेस्टिभल यस वर्ष पुस ६ देखि ९ अर्थात् २२ डिसेम्बरदेखि २५ डिसेम्बरसम्म पोखरामा सम्पन्न हुने भएको छ ।
देश विदेशका साहित्यकारहरुको पुस्तक हस्ताक्षर समारोह, पुस्तक विमोचन, कवि गोष्ठी, साहित्य र जन जीवनका विविध विषयक सत्रहरु सञ्चालन हुने यस फेस्टिभललाई साहित्यकारहरु तथा साहित्यप्रेमीहरुले निकै चासोका साथ प्रतीक्षा गरेका हुन्छन् ।
यस वर्षको विस्तृत कार्यक्रम भने आउन बाँकी छ ।