१६ कार्तिक २०८१, झापा
साहित्यकार सरोज वलीको १६ कार्तिक २०८१ का दिन निधन भएको छ । वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वती ओलीको साइँलो छोराको रूपमा तेह्रथुमको छातेढुङ्गा याखा गाउँमा जन्मेका झापा अर्जुनधारा तुतबारीका स्थायी बासिन्दा थिए ।
विसं २०१६ सालमा “हुन्छ” कविता प्रकाशनसँगै साहित्य लेखनमा प्रवेश गरेका उनको पहिलो पुस्तक कविता सङ्ग्रह “विद्रोह र मुक्ति” विसं २०४८ साालमा प्रकाशित भएको थियो । त्यसपछि उनमा थप कविता सङ्ग्रहहरू “सरोज ओलीका कविता”(२०५०),”तम्मरनदीका धुन”(२०५२), “यी हिमाली फूल हुन्” प्रकाशित भए ।
त्यस्तै उनको कथा सङ्ग्रह “मुटु छुने मन”(२०५०) प्रकाशित छन् ।
उनले “उषा” तथा “सुखानी” साहित्यिक पत्रिकाहरु पनि सम्पादन गरेका थिए ।
उनले “षडानन्द साहित्य पुरस्कार”(२०४८), “राष्ट्रिय प्रतिभा पुरस्कार”२०५४) लगायतका पुरस्कारहरू समेत प्राप्त गरेका थिए ।