३ साउन २०८०, काठमाडौं
पूर्ण प्रकास नेपाल यात्रीअध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार एवम् अन्वेषक पूर्णप्रकास नेपाल यात्रीको ९० औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा एक कार्ययक्रमको आयोजना गरी यात्रीले नेपाली वाङ्मयलाई पुर्याएको योगदानको सम्झना गर्दै विसं २०७९ तथा २०८० सालको यात्री वाङ्मय पुरस्कार समर्पण गरियो ।
कार्यक्रमका परमुख अतिथि पूर्व मन्त्री केशर वहादुर विष्टले सो पुरस्कार साहित्यकार एवं कोशकार आरडी प्रभास चटौत तथा कवयित्री एवं समालोचक प्रा. डा. गार्गी शर्मालाई प्रदान गरे । पुरस्कारमा ५० हजार नगद रहेको छ ।
सोही अवसरमा विसं २०७९ तथा २०८० को यात्री बिद्या पदक श्रीराम नेपाल तथा गीता ढुङ्गानालाई प्रदान गरिएको थियो ।
कार्यक्रम पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष शैलेन्दु प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
(फोटोः शैलेन्दुप्रकाश नेपालको फेसबुकबाट साभार)