२१ जुलाई २०२३, कलकत्ता
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई “नेपाल जनकल्याण समिति” को आयोजनामा मनाइन लागेको २१०औं भानु जयन्ति मनाउन कलकत्ता पुगेका छन् । कुलपति राई मधुसुदन गिरी र रविन्द्र तिमसिनाको टोलीको नेतृत्व गर्दै गएका हुन् ।
भानु जयन्ती कार्यक्रम २२ जुलाईका दिन शनिवर हावडा दान , शरत सदनमा साँझ ५ देखि ९ बजेसम्म आयोजना गरिंदैछ ।
नेपाल जनकल्याण समितिका अध्यक्ष बद्री बिक्रम थापाले विश्वपरिकरमासँग कुरा गर्दै कुलपति राईको टोली भानु जयन्तीका लागि निम्तो स्वीकार गरेर आएकोमा खुशी ब्यक्त गरे ।