प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देबु लुइँटेललाई

मुख्य समाचार

२ पुस२०८०, काठमाडौं 

नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवाकवी देबु लुइँटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजका उपाध्यक्ष चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले आफ्नो छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानमा नगद राशि रु ११,१११ ।–सहित रहेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले निर्णय गरे अनुसार सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसका दिन प्रदान गरिने छ ।
विसं २०७५ सालमा स्थापित यस सम्मानबाट हालसम्म कविहरु रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसकेका छन् ।

1 thought on “प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देबु लुइँटेललाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *