माया मिलोयकोभिच, सर्बिया
तिमी अँध्यारोका सेवक हौ
छिप्दछौ सम्पत्ती, शक्ति र झूठको पछाडि
तर म प्रतिरक्षा गर्दछु
तिमी मेरो स्वतन्त्रताको अधिकार खोस्न सक्दैनौ
मेरो जीवन ईश्वरप्रति समर्पित छ
तिमी मेरो कविता नष्ट गर्न सक्दैनौ
प्रार्थनामय बिचारहरुको बनौटबाट
सबै कविहरुको प्रशंसा गीतबाट
जुन सम्पूर्ण जगतको शान्तिको संगीतमय श्वासप्रश्वास हो ।
हामी कविहरु फूल जस्तै हौं
वतासले उडाएर ल्याएको साना विजबाट हामी अङ्कुरित हुन्छौं जमिनमा
घामको स्तनपान गरेर बर्षात् बोकेका बादलबाट सिञ्चित हुन्छौं,
हाम्रो साझा शक्ति
विचारको सुन्दरतामा टिकेको छ
समानताको बारेमा
तृप्तिको बारेमा
युध्दको अनुपस्थितिमा
हामी निर्माण गर्छौं स्वर्गिय बगैंचाहरु अक्षरको
र पठाउँछौं स्पष्ट सन्देश सबैलाई
मनुष्य हो नडराउ, शान्तिको देवलाई शासन गर्न देउ
तिमी, जो लुकेका छौ, रोकिनेछैनौ मनुष्यलाई अशान्त हुनबाट
र विभिन्न व्याधीहरु, तर म रोकिनेछैन, म तिमीलाई पराजित गर्नेछु कविताले
छन्दसँग कठोर हृदय पगाल्ने शक्ति हुन्छ, के हो खरावी विर्साउन
जब क्षमाको प्रार्थना गीतमा तिनले पानेछन् तिनीहरुको शान्ति ।
000
कवि परिचयः कवयित्री माया मिलोयकोभिच सर्बियाली हुन् । उनका दुई कविता सङ्ग्रहहरु “सर्कल अफ द मून” (२०१९) तथा “विशिङ ट्रिज”(२०२३) प्रकाशित छन् । उनका कविताहरु अङ्ग्रेजी, हङ्गेरियन, बङ्गाली, उर्दू, पास्तो, हिन्दी तथा बुल्गेरियालीभाषामा अनुवाद भएका छन् । कवयित्रीसँगको सिधा सम्पर्कबाट प्राप्त गरी उनकै अनुमतिले यो कविता गोविन्द गिरी प्रेरणाले नेपालीमा अनुवाद गरेका हुन्।