लोकप्रिया पुरस्कार समर्पण समारोह सम्पन्न

मुख्य समाचार

असार २३, २०८० गते, काठमाडौं

साहित्यिक पत्रकार संघले घोषणा गरेको लोकप्रिया पुरस्कार वितरण सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गर्यो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार गणेश रसिकले पुरस्कार हस्तान्तरण गरेका थिए । विसं २०६२ सालदेखि वितरण नभएको सो पुरस्कार २०७९ सम्मको एकसाथ घोषणा गरी एकैसाथ वितरणको कार्यक्रमको आयोजना गरिएको हो । लोकप्रिया पुरस्कारबाट अमेरिका, सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरुलाई प्रदान गरिने घोषणा यसअघि गरिएको थियो ।

घोषित पुरस्कृहरु मध्य साहित्यकारहरु लक्ष्मी राजभण्डारी (२०६२), डा. गार्गी शर्मा (२०६३), प्रा.डा. उषा ठाकुर (२०६४), , उन्नती बोहरा “शीला” (२०६७), रुकु कार्की (२०६९), बेटी बज्राचार्य (२०७०), जलेश्वरी श्रेष्ठ (२०७१), गङ्गा कसजु (२०७३), डा. ज्ञानु पाण्डे (२०७४), सुशीला देउजा (२०७५), गीता क्षेत्री (२०७६ दार्जीलिङ), वीणा हाङ्खिम (२०७७ दार्जीलिङ), डा. पुष्पा शर्मा (२०७८ सिक्किम) र लतिका जोशी (२०७९ सिलगढी) आफैं उपस्थित भै पुरस्कार ग्रहण गरेका थिए । साहित्यकार रन्जुश्री पराजुली (२०६६) को पुरस्कार उनको तर्फबाट सिर्जना शर्माले ग्रहण गरेकी थिईन् भने कार्यक्रममा उपस्थित हुन नसकेका साहित्यकारहरु सुशीला भण्डारी (२०६५), गीता उपाध्याय (२०६८ गुहावटी,) पूनम काफ्ले (२०७२ अमेरिका)लाई यथोचित समयमा यथोचित ढङ्गले पुरस्कार हस्तान्तरण गरिने कुरा अध्यक्ष लेकालीले विश्वपरिक्रमालाई फिन सम्वादमा बताए ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान तथा समालोचक ज्ञानु अधिकारीले पुरस्कृत साहित्यकारहरुको योगदानको वारेमा चर्चा गरेका थिए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक,अध्यक्ष लेकाली, लोकप्रिया पुरस्कारका संस्थापक शशी रिमाल, सम्मानितहरु डा. ज्ञानु पाण्डे, डा. पुष्पा शर्मा, डा. वीणा हाङ्खिम, डा.गीता क्षेत्री, लतिका जोशीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

स्मरणीय छ, लोकप्रिया पुरस्कार वि. सं. २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा साहित्यकार शशी रिमालले गरेकी हुन् । नगद तीन हजार एकसय राशी रहेको “लोकप्रिया पुरस्कार”बाट यसअगि साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन् ।
सो कार्यक्रम मन्जिला अनिलले सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *