प्रथम अनेसास दिवसमा लव गाउँले सम्मानित

मुख्य समाचार

२६ पुस २०८०, काठमाडौं

 

यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो ।

सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान गर्यो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँलेलाई सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा नेपाल भ्रमणमा आइराखेका दार्जिलिङका लोकप्रिय गायक बद्री दुर्गा खरेललाई पनि प्रमुख अतिथि कवि दिवसले सम्मान प्रदान गरेका थिए ।

स्मरणीय छ, अनेसासको स्थापनाअघि लव गाउँले अमेरिकामा अध्ययन भ्रमणको सिलसिलामा रहेका थिए र अनेसासका प्रथम केन्द्रिय अध्यक्ष होमनाथ सुवेदी र उनले यो संस्था स्थापनाको विषयमा छलफल गरका थिए ।

अमेरिकामा अनेसास स्थापना हुँदाताका नै लव गाउँलेले नेपाल च्याप्टर स्थापना गरेका थिए र निकै लामो समय नेतृत्वमा रहेका थिए । उनी अध्यक्ष भएकै बेला अनेसासको मुखपत्रको नेपाल विशेषाङ्क नेपालबाट प्रकाशन भएको थियो र विशेषाङ्क भव्य रुपमा विमोचन गरिएको थियो ।

 

Leave a Reply