अमेरिकामा न्यूनतम हुलाक महशूल वढेर ५८ सेन्ट भयो

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाको हुलाक युएसपिएस अर्थात् युनाइटेड स्टेटस् पोसताल सर्भिसले गत २९ अगस्तदेखि नै न्यूनतन हुलाक महशूल वृध्दि गरेर ५५ सेण्टबाट ५८ सेण्ट बनाएको छ । यो पुरानो महशूलमा ६ दशमलव ९प्रतिशत वृध्दी हो ।
अमेरिकामा “सदावहार” अर्थात् फर एभर टिकट पनि किन्न पाइन्छ, त्यो टिकट जहिलेसुकै किने पनि र हुलाक महशूल वृध्दि भएमा पनि प्रयोग गर्न सकिन्छ । तर ५५ सेण्टको अघिल्लो दरको टिकट किनेर राख्नेहरुले भने ३ सेण्टको थप टिकट टाँसेपछि मात्र काम गर्छ, नत्र हुलाकले पर्याप्त टिकट टाँस नगरेको भनी प्रेषकको ठेगानामै फर्काईदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *