“म किट्टी बिरालो” पुस्तक परिचर्चा सम्पन्न

मुख्य समाचार

काठमाडौं, २५ जेठ २०८०

पारिजात स्मृति केन्द्रको आयोजनामा सुकन्या वाइबाको नव प्रकाशित संस्मरणात्मक कृति “म किट्टी बिरालो” माथि एक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा समालोचक कुमारी लामा र विश्लेषक तथा पुस्तकका सम्पादनकर्ता राजेन्द्र महर्जनले पुस्तकका विविध पक्ष र आयामबारे प्रकाश पार्नु भएको थियो। प्रकाशकको तर्फबाट गणेश सुवेदीले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको शुरुमा स्मृति केन्द्रका महासचिव दिल सुन्दर श्रेष्ठले आमन्त्रित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
सो अवसरमा पुस्तककी श्रष्टा सुकन्या वाइवाले पुस्तकको वारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।
स्मृति केन्द्रका अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले सभापतित्व गर्नु भएको सो कार्यक्रम सञ्चालन कवयित्री सिता शर्माले गर्नु भएको थियो।

(फोटो : श्री विभव बानियाँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *