‘धरतीका यमराज’ को विमोचित

मुख्य समाचार

१५ असोज २०८०, काठमाडौँ

साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन सम्पन्न भएको छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, डा. लक्षमणप्रसाद गौतम, श्री ओम श्रेष्ठ रोदन, लेखक स्वयम् लगायतले पुस्तक सामुहिक रुपमा विमोचन गरेका थिए ।
कार्यक्रम स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभापतित्व र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुखअतिथि घिमिरेले लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लिन रहेको भन्दै निरन्तरताको कामना गरे ।
लघुकथाकार महेश प्रसाईंले कोरोनाले आक्रान्त बनाएको समयलाई सिर्जनशील बनाएर लघुकथाकारले यो कृति तयार गर्न सकेको बताए । साथै सङ्ग्रहमा ३६ वटा लघुकथा त कोरोनासँग सम्बन्धित रहेको उल्लेख गरे ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषयवस्तु प्रस्तुत गर्दै उनले शीर्षकअनुसारका कथा रहेको उल्लेख जनाए । कोरोना सन्दर्भका कथा भएकोले कोरोना एक यमराज र अन्य पनि यमराज बनेर नेपाल र नेपालीलाई तहसनहस पार्न आएको उनले कथन थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार लम्सालका लघुकथा उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तरको अभ्यास र साधनाबाट यो कृति आएको बताए । कृतिकार लम्सालले आफ्नो सिर्जनाको आधार उल्लेख गर्दै यो लघुकथा सङ्ग्रह आउनुमा कोरोना मुख्य कारण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *