बालपुस्तक प्रदर्शनी र स्थलगत कथालेखन प्रतियोगिता सम्पन्न

मुख्य समाचार

१५ माघ २०८०, काठमाडौं

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा “प्रथम बालपुस्तक प्रदर्शनी र उपत्यकाव्यापी विद्यालय स्तरीय स्थलगत कथालेखन प्रतियोगिता” सम्पन्न भएको छ ।
सोही सन्दर्भमा आयोजित समापन कार्यक्रममा कथालेखन प्रतियोगितामा पहिलो हुने हिमरश्मी हाइस्कुलकी कृतिका श्रेष्ठलाई १० हजार, दोस्रो हुने प्रज्ञा कुन्जकी रिआना बोगटीलाई रू.७,०००/, तेसो हुने युनाइटेड स्कुलकी आराध्या पराजुलीलाई ३,०००/-तथा सान्त्वना पुरस्कृत हुने २ जना युनिक नेपाल एकेडेमीकि रक्षा राई र सुशान्त उप्रेती दुबैलाई प्रति ब्यक्ति १,०००/-को पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । पुरस्कारमा आधा रकम बराबरको पुस्तक रहेको थियो । साथै सबै सहभागीलाई २/२ वटा पुस्तक र प्रमाणपत्र पनि दिइएको थियो । सो अवसरमा बालपुस्तक प्रदर्शनीमा सहभागी प्रकाशन संस्थाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ४१ स्कुलका ८५ जना विद्यार्थीको सहभागिता थियो। प्रतियोगिता माघ १३ र १४ गते भएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति विमलकृष्ण श्रेष्ठले प्रज्ञा- प्रतिष्ठानमा बालप्रतिभाहरूको सहभागितामा कार्यक्रम गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गर्ने उल्लेख गरे । प्रकाशकका तर्फबाट परिचय पब्लिकेसनका नवीन खतिवडाले आफूहरू अत्यन्त उत्साहित भएको र प्रज्ञा र बालसाहित्य समाजले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत र समाजका महासचिव विजयराज आचार्यले संचालन गरेको कार्यक्रममा कथा प्रतियोगिताका संयोजक नेपाल बालसाहित्य समाज, कार्यसमितिका सदस्य सुशीला प्रधानाङ्ग, पुस्तक प्रदर्शनीका संयोजक नेपाल बालसाहित्य समाजका कार्यसमिति सदस्य भानु भट्टराई, ब्राइट फ्युचर इङलिस स्कुलका संस्थापक मनोजकुमार श्रेष्ठ, सहभागी छात्रा न्यू होराइजनकी खुशी जयसवालले कार्यक्रमबारे आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *