मासिक कथा वाचन सम्पन्न

मुख्य समाचार

२६ माघ २०८०, काठमाडौं

प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कथाकार पुस्कर लोहनीको निजी निवास डिल्लीबजारको घट्टेकुलोमा हुँदै आएको मासिक कथा वाचन कार्यक्रम आज सम्पन्न भएको छ ।

दिवङ्गत कथाकारको कथा वाचनबाट शुरू हुने कार्यक्रमको पाँचौँ शृङ्खलामा कथाकार मोहनराज शर्माको’पल्लो खाटकी केटी’ कथा बैरागी जेठाले वाचन गरेका थिए ।
कथाकार
मधुवन पौडेले २०६१ मा लेखेको तथा ‘मधुपर्कमा प्रकाशित ‘धरोधर्म इराक जान्न’शीर्षकको कथा, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले ‘स्वदेश’मा प्रकाशित ३० को दशकको कथा, ‘रित्तो क्यान्भास’ तथा देविका तिमिल्सिनाले’अभिव्यक्ति’मा प्रकाशित ३० कै दशकको कथा’क्यालेण्डर’ तथा पवित्रा अधिकारीले’सिसार’मा प्रकाशित ७० को दशकको कथा’त्यो कुटी’ वाचन गरेकी थिइन्।
मासिक कथा वाचन कार्यक्रमका परिकल्पनाकार कथाकार पुस्कर लोहनीले पुराना संस्मरणहरू सुनाउँदै कथा विधालाई जीवन्त राख्नका लागि यो कार्यक्रमको थालनी गरेको बताए । अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले पुरानो विधा कथा अलि पछि परेको हो कि भनेर कार्यक्रम शुरूवात गरेको र पुराना र नयाँ पुस्तालाई जोडेर एकै ठाउँमा ल्याउन नियमित कथा वाचन राखेको बताए।
कार्यक्रमको सञ्चालन पवित्रा अधिकारीले गरेकी थिइन्।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *