२३ जून २०२३
भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ ।
उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो ।
साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा समालोचनामा कलम चलाउँछिन् ।
उनको दोश्रो कृति “साहित्य सिर्जनाका बान्कीहरु” यसै वर्ष २०२३ मा प्रकाशित भएको छ ।
साहित्य क्षेत्रमा नयाँ भैकन पनि पुरस्कृत हुँदा खुशी लागेको उनले विश्वपरिक्रमासँगको टेलिफोन सम्वादमा वताइन् ।
