विश्वपरिक्रमा डेस्क
२६ सेप्टेम्वर, वाशिंटन डिसी
संयुक्त राष्ट्र संघको ७६औं महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघका पदाधिकारी र बिभिन्न राष्ट्रका समकक्षीहरुसँगको भेटघाटलाई निरन्तरता दिंदै नेपाली जनसमुदायको सम्पर्कमा समेत व्यस्त भएका छन् ।
उनी नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, गैर आवासिय नेपाली संघ, न्यूयोर्क च्याप्टर तथा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजनमा आयोजित स्वागत, सम्मान तथा अन्तरकृया कार्यक्रममा सरिक भए । बिभिन्न संघ संस्थाका प्रतिनिधिका कुरा सुने र त्यस समारोहलाई सम्बोधन समेत गरे ।
उनी नेपाली जन सम्पर्क समिति अमेरिकाको तर्फबाट उनको सम्मानमा आयोजित रात्री भोजमा समेत सहभागी भए ।
