किताव यात्रा वेष्ट सेलर अवार्ड जीवा लामिछानेको “देश देशावर” लाई

Uncategorized

विश्वपरिक्रमा डेस्क
२६ सेप्टेम्वर, वाशिंटन डिसी

नेपालको सवैभन्दा ठूलो अन लाइन बुक स्टोर किताव यात्राले वर्षेनी दिंदै आएको वेष्ट सेलर अवार्ड विसं २०७८ का लागि जीवा लामिछानेको “देश देशावर” लाई प्रदान गरेको छ ।
गत वर्ष यो पुरस्कार विजय कुमार लिखित “सम्वन्धहरु” ले पाएको थियो ।
किताव यात्रा सन् २०१७ मा स्थापित भएको हो ।
जीवा लामिछानेका यसअघि “सर्सर्ती संसार” प्रकाशित भएको थियो । उना दुवै कृति नियात्रा हुन् र दुवैलाई पाठकहरुले उत्तिकै मन पराएका छन् ।

नबिल किताब जात्राको पहिलो दिन सो अवार्ड कृतिकार समारोहमा उपस्थित हुन नसकेकाले प्रकाशक फाइन प्रिण्टका अजित वरालले सत्यमोहन जोशीका हातबाट ग्रहण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *