गजल

कविता मेरो कविताः मेरो रोजाइ

प्रवासी सुमन, टेक्सास, अमेरिका

बजारले सम्बन्ध यस्तो औपचारिक बनायो
मान्छेहरु भन्दा बस्तु सॅंग पो नजिक बनायो

मान्छे न हो कमजोरी अवश्य हुन्छन् धेर थोर
अन्ध भक्तिले जिम्दोलाई नि शालिक बनायो

छोपिदा पनि केही त झन् झन् उजेलिन्छन
हिऊॅंले ढाकेरै टाकुरा कस्तो स्फटिक बनायो

हांसो भन्नु सिमल भुवा उडी जान्छ क्षण भरमै
आसुंले पो त जिन्दगी यो वास्तविक बनायो

सहुंला तिम्रो बेइमानी तर भन्दिन धोका कदापि
सहेरै चोट अचानोले आफूलाई निर्भिक बनायो।।

परिचय: गजलकार प्रवासी सुमनको वास्तविक नाम भानु क्षेत्री हो । दाङ घोराहीका उनी हाल अमेरिकाको टेक्सासमा वसोवास गर्छन् । उनका रचनाहरु सेतोपाटी, अक्षरंग,शब्दसोपान र साहित्यपोष्टमा प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *