राजदूत खतिवडाद्वारा एनआरएन अमेरिकाका पदाधिकारीहरुसँग भर्चुअल परिचयात्मक बैठक आयोजना

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
२६ अगस्त, वाशिंटन डिसी

हिजो अगस्त २५ का दिन अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले एनआरएन अमेरिकाका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरुसित भर्चुअल रुपमा परिचयात्मक बैठकको आयोजना गरे ।
बैठकमा एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष बुध्दी सुवेदीसहितका पदाधिकारीहरु तथा नेपाली दूतावासका तर्फवाट राजदूत खतिवडा, डिसिएम कुमार राज खरेल, सैनिक सहचारी तथा ईकोनोमिक काउन्सिलर होमकान्त भण्डारी संलग्न थिए ।
राजदूतावासको वेवसाईटमा जनाइए अनुसार राजदूतावास र एनआरएन अमेरिकाको सहकार्य वढ्दै गएको सम्बन्धमा छलफल भएको थियो । छलफलका अनय विषयहरुमा कोभिडका लागि सहयोगका कार्य, अमेरिकामा रहेका नेपाली समुदायको अभिलेखाङ्कन, कन्सुलर सेवाको प्रभावकारिता, व्यापार, पर्यटन, लगानी तथा ज्ञान, शिप र प्रविधि हस्तान्तरण लगायत रहेका थिए ।
(तस्विर सौजन्य: नेपाली दूतावासको वेवसाइट)

Leave a Reply