विश्वपरिक्रमा डेस्क
२६ अगस्त, वाशिंटन डिसी
हिजो अगस्त २५ का दिन अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले एनआरएन अमेरिकाका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरुसित भर्चुअल रुपमा परिचयात्मक बैठकको आयोजना गरे ।
बैठकमा एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष बुध्दी सुवेदीसहितका पदाधिकारीहरु तथा नेपाली दूतावासका तर्फवाट राजदूत खतिवडा, डिसिएम कुमार राज खरेल, सैनिक सहचारी तथा ईकोनोमिक काउन्सिलर होमकान्त भण्डारी संलग्न थिए ।
राजदूतावासको वेवसाईटमा जनाइए अनुसार राजदूतावास र एनआरएन अमेरिकाको सहकार्य वढ्दै गएको सम्बन्धमा छलफल भएको थियो । छलफलका अनय विषयहरुमा कोभिडका लागि सहयोगका कार्य, अमेरिकामा रहेका नेपाली समुदायको अभिलेखाङ्कन, कन्सुलर सेवाको प्रभावकारिता, व्यापार, पर्यटन, लगानी तथा ज्ञान, शिप र प्रविधि हस्तान्तरण लगायत रहेका थिए ।
(तस्विर सौजन्य: नेपाली दूतावासको वेवसाइट)