सिक्किममा नेपाली भाषा मान्यता दिवस मनाइयो

मुख्य समाचार

विश्वपरिक्रा डेस्क
२० अगस्त, वाशिंटन डिसी

भारतीय संविधानमा नेपाली भाषालाई अन्तरभुक्त गरिएको दिनलाई नेपाली भाषा मान्यता दिवस मनाउने परम्परा अनुसार ३०औं भाषा मान्यता दिवस सिक्किम विश्वविद्यालय नेपाली बिभागले भर्चुअल माध्यमबाट मनाएको खवर छ ।
सिक्किम विश्वविद्यालयको आधिकारिक फेसबुक पेजमा जनाए अनुसार सो विश्वविद्यालयका कुलपति प्रो. अविनाश खरेलको प्रमुख आतिथ्य तथा प्रो.कविता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एस आर लिम्बू , अध्यक्ष सिक्किम अकादमी उपस्थिति थिए । कार्यक्रममा विभिन्न सङ्कायका सङ्काय प्रमुख, विभाग अध्यक्ष साथै प्राध्यापकगण उपस्थित रहेका थिए। कार्यक्रममा विभागका शोधार्थी, विद्यार्थी साथै सिक्किम विश्वविद्यालयका सम्पूर्ण कर्चमाचरीवर्ग उपस्थित रहेका थिए।
कार्यक्रममा विद्यार्थी रिया तामाङले नेपाली गीत सुनाएकी थिइन् भने विद्यार्थी तुलसा शर्माले आफ्नो स्वरचित कविता पाठ गरेकी थिइन् । साथै वाणिज्य विभागका प्राध्यापक राकेश बस्नेतले स्वरचित कविता पाठ गरेका थिए ।
३०औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा प्रो पुष्प शर्माद्वारा सङ्कलित ‘गोलसिमल’ लोककथा सङ्ग्रहको पनि लोकार्पण गरिएको थियो ।
भारतको सम्विधानको आठौं अनुसूचिमा नेपाली भाषालाई अन्तरभूक्त गराउन सिक्किमका तत्कालिन मुख्यमन्त्री नरवहादुर भण्डारीको नेतृत्वदायी भूमिका रहेको थियो र उनलाई सोही कामको कदरस्वरुप नेपालको प्रतिष्ठित जगदम्बाश्री पुरस्कार अर्पण गरिएको थियो । नेपाली भाषालाई मान्यता दिलाउन भारतका धेरै नेपालीभाषीहरुको ठूलो सङ्घर्ष र वलिदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *