विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी
लामो समय मुद्रित रुपमा प्रकाशित हुँदै आएको र हिमाल खवर पत्रिका मासिक रुपमा भदौ १ देखि मुद्रित रुपमै प्रकाशन शुरु भएको छ । नेपाली पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान भएको हिमाल खवर पत्रिकाको कोरोना महामारीपछि अन्य मुद्रित पत्रपत्रिका झैं मुद्रण बन्द भएको थियो ।
यसअघि साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको यो पत्रिमा अव भने मासिक रुपमा प्रकाशित हुने भएको छ ।
मुद्रित पत्रिकाको सम्पादक रविन गिरी र अनलाइनका सम्पादक सन्त गाहा मगर नियुक्त भएका छन् ।
उक्त कुरा हिमाल मिडियाका कनकमणि दीक्षितले ट्वीटरवाट जानकारी गराएका छन् ।
स्मरणीय छ, व्यावसायिक पत्रिकाको रुपमा प्रकाशन हुनुअघि पनि हिमाल गैरसरकारी संस्थाको मुखपत्रको रुपमा प्रकाशन हुने गर्थ्यो ।
