अफगानिस्तानवाट भागेका राष्ट्रपति असरफ घानीले युएईबाट सम्वोधन गरे

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१८ अगस्त, वाशिंटन डिसी

अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानी आफ्नो मुलुकबाट पलायन भएपछि कहाँ गए भन्ने यकिन भएको थिएन । कतिपयले छिमेकी राष्ट्र उज्वेकिस्तान गएको अनुमान गरेका थिए । तर आज युनाइटेड अरव इमिरेटसले घानीलाई आफ्नो मुलुकमा स्वागत गरिएको जनाएको छ ।
यसैवीच घानीले एक भिडियो सन्देश दिंदै आफूले अफगानिस्तानमा रक्तपात नहोस् भनेर देश छाडेको वताएका छन् । साथै उनले निकै ठूलो परिमाणमा नगद लिएर गएको भन्ने आरोपको पनि खण्डन गर्दै त्यो आधारहीन आरोप भएको बताएका छन् ।
उनले भिडियो सन्देशमा भने, ” यी आरोपहरु निराधार र असत्य हुन्, म त्यससलाई ईन्कार गर्दछु । म तिनलाई दृढतापूर्वक अस्वीकार गर्दछु ।”

Leave a Reply