खाली हात

कविता मेरो कविताः मेरो रोजाइ

रञ्जुश्री पराजुली, अष्टिन, टेक्सास, अमेरिका

 

 

भात माग्ने जात  माग्ने

छाती माथी लात थाप्ने

निहुरीमुन्टीमा खाताखात झर्ने

मिल्न सके सधै दाहिना हुने

 

बेरोजगार टाक्सिएको पेटले

टाढैबाट नमस्ते गर्ने

तैपनी र्याल काड्दै पछि लाग्ने

मौकामा चौका पार्न

चरणामृत धट धटी पिउँने

तर पनि रित्तो पेट फर्कने

 

तर

स्वच्छ छवी भएको होचो

मन्द कछुवा चाल चल्दा

ठेगान पुग्न सफल

पोल्टा थाप्नु उसको लागि

एक देशको कथा जस्तो

आफ्ना हात माथी पार्न

अरुको अभाव टार्न हर्षीत

बुझी सकेको छ जीवन गति

खाली हात आएको

अनि त्यसै गरी जाने

तत्वबोध  उसले गरिसकेको छ ।

 

०००

Leave a Reply