आगामि ९० दिनभित्र सम्पन्न गर्ने गरी नासा एन्मा सम्मेलन स्थगित

बाल रचना मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी

आगामि सेप्टेम्वर ५ मा फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा सम्पन्न हुने गरी तय गरिएको नासा एन्मा संयुक्त सम्मेलन कोभिडको नयाँ डेल्टा भेरियण्टको संक्रमण बढ्दै गएको स्थितिलाई ध्यानमा राखी विधान अनुसार आगामि ९० दिन भित्र सम्पन्न हुने गरी हाललाई स्थगित गरिएको जानकारी संयुक्त सम्मेलनको तरफबाट जानकारी गराइएको छ ।
अमेरिकाको दक्षिण पूर्वी राज्यका नेपालीहरुको संस्था नासा र मध्य अमेरिकी राज्यहरुको नेपाली संस्था एन्माले आलोपालो नेतृत्व गर्दै संयुक्त सम्मेलन गर्ने परम्परा रहिआएको छ । ।
यस वर्षको सम्मेलनमा नासाको नेतृत्वको निर्वाचन समेत सम्पन्न हुने कार्यतालिका थियो ।
आगामि सम्मेलनको मिति पछि तर ५ डिसेम्वरभित्र जानकारी गराइने र ओर्ल्याण्डोस्थित सोही होटलमा सम्पन्न गरिने समेत जानकारी गराइएको छ । नासाका पदाधिकारीहरु कुनै कारणवस निरवाचन नभएको खण्डमा वढीमा ९० दिनभित्र चुनाव सम्पन्न गर्नेगरी थप समय निरन्तर हुनसक्ने नासाको विधानमा उल्लेख छ ।

1 thought on “आगामि ९० दिनभित्र सम्पन्न गर्ने गरी नासा एन्मा सम्मेलन स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *