लघुकथा समाजको २ पुरस्कारको घोषणा

Uncategorized

विश्वपरिक्रमा डेस्क,

लघुकथा विधाको विकास, उन्नयन र प्रवर्धनका लागि स्थापित लघुकथा समाज नेपालले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ को घोषणा गरेको छ ।

यसैवर्ष स्थापित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ पहिलोपटक सर्वनाम नाट्य संस्थालाई प्रदान गर्ने निर्णय केन्द्रिय कार्य समितीले गरेको हो ।

सर्वनामले लामो समयदेखि नाट्य रुपान्तरण गरी लघुकथा मञ्चन गर्दै लेखन र वाचनमा मात्रै सीमित लघुकथालाई दृश्यमा परिर्वतन गरिदिएर लघुकथाका क्षेत्रमा विशेष योगदान पुर्याएकोले लघुकथा समाजले पुरस्कृत गरेको हो ।  यो सम्मानकासाथ १५ हजार नगद राशीसमेत रहेको छ ।

त्यसैगरी समाजले ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ लघुकथा लेखक डा. रवीन्द्र समीरलाई प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि साहित्य सिर्जनामा समर्पित उनको मूल विधा भने लघुकथा रहेको छ । यो पुरस्कारकासाथ १० हजार नगद राशी पनि रहेको छ ।

घोषित यी दुवै सम्मान तथा पुरस्कार लघुकथा समाजले आउँदो भदौ ५ गते आयोजना गर्ने समाजको वार्षिकोत्सव कार्यक्रममा प्रदान गर्ने जनाएको छ ।

स्मरणीय छ, लघुकथा समाजको स्थापनापछि यो विधामा यसै समाजको सकृयतामा निकै कामहरु भएका छन् । साथै यो समाज अव प्रदेशस्तरमा पनि क्रमस: झ्याङ्गिंदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *