‘उठ तिलोत्तमा’ कृतिमाथि अन्तर्कृया

Uncategorized

विश्वपरिक्रमा डेस्क

साहित्यिक पत्रकार संघ काठमाडौंको आयोजनामा २०७८ साउन १६ गते  साहित्यकार शशी थापा पण्डितको नव प्रकाशित कथा सङ्ग्रह ‘उठ तिलोत्तमा’ माथि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा डा. सावित्री मल्ल कक्षपती, श्री ओम श्रेष्ठ रोदन, नयनराज पाण्डले ‘उठ तिलोतमा’ मा थि आआफ्ना विचार प्रस्तुत गरेका थिए । आफ्नो विचार प्रस्तुत गर्ने क्रममा सङ्ग्रहका कथाहरु संस्मरणात्मक शैलीले लेखिएको भएतापनि सशक्त संवेदनशिल र घटना प्रदान भएकोले पाठकको मन मस्तिष्कमा बस्ने डा.सबित्री मल्लले वताइन् ।

आख्यानकार नयनराज पाण्डेले अहिलेको आख्यान विधामा महिलाहरुको बाहुल्यतासँगै उत्कृष्ट आख्यानहरु आएकोले सिर्जनात्मक उचाईलाई कायम राख्न सुझाए । कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले आज टिक्ने भन्दा विक्ने साहित्य बढेको भन्दै शशीका कथामा गम्भिरता रहेको वताए ।

प्रमुख अतिथि पुष्कर लोहनी तथा कार्यक्रमका सभापती राधेश्याम लेकालीले समेत आआफ्ना धारणा राखेका थिए । साथै कथाकार शशी थापा पण्डित र सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *