बोस्टनमा वसन्तको कविता

Uncategorized

विश्वपरिक्रमा डेस्क
२७ जून, वोष्टन,
हाल भर्जिनियालाई कर्मथलो बनाएका कवि वसन्त श्रेष्ठले बोस्टनमा आइतबार जून २७ को साँझ सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ‘ सर्जकसँग एक साँझ’ कार्यक्रममा एक दर्जन कविता प्रस्तुत गरे ।

अमेरिका वसाइको शुरुवाती वेला बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टन वसाईको सम्झना पनि सुनाए ।  मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिमा गैरआवाशीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडेदेखि, नेपाली चलचित्र ट्रक ड्राइभरकी नायिका एलना श्रेष्ठ, समाजसेवी प्रह्लाद केसी, अनेसास बोस्टन च्याप्टरका संस्थापक अध्यक्ष अच्यूत अधिकारी, महेश्वर पन्त, ममता कर्माचार्यलगायतको साथ थियो ।
कार्यक्रमको संयोजन गोवर्द्धन पूजाले गरेका थिए । कार्यक्रममा थानिरत्न कँडेल, नवीन उप्रेती, लव अधिकारी, विद्या श्रेष्ठ, देवेश मल्ललगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *