नेपाली दूतावासले बोष्टनमा सेप्टेम्वर २५ र २६ मा घुम्ती कन्सुलर सेवा आयोजना गर्ने

आत्म संस्मरण संस्मरण

विश्वपरिक्रमा डेस्क
१५ सेप्टम्वर, वाशिंटन डिसी

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले म्यासाच्यूसेट्स राज्यको बोस्टनमा न्यु इंग्ल्याण्ड (म्यासाच्यूसेट्स, न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम गर्ने भएको छ ।
नेपाली दूतावासले आफ्नो आधिकारिक सूचनामा सो घोमती सेवामा क) राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID),ग) अधिकृत वारेसनामा (Power of Attorney), घ) कागजात प्रमाणिकरण (Attestation), ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document), च) पर्यटक भिषा (Tourist Visa) लगायतका सेवा प्रदान गर्ने जनाएको छ ।
सो का लागि स्थान र समय यसरी तोकिएको छ ।
स्थानः Columbus Club of Arlington

15 Winslow Street, Arlington, MA 02474

मितिः सेप्टेम्बर २५-२६, २०२१

पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:३० बजेसम्म

दोस्रो दिन: बिहान ९:०० बजेदेखि साँझको ३:०० बजेसम्म

सो सम्वन्धी विस्तृत सूचना दूतावासको वेदसाइट https://search.yahoo.com/search?fr=mcafee&type=E210US714G0&p=embassy+of+nepal+washington+dc+usa मा राखिएको छ ।
स्मरणीय छ यस अघि शिकागो, टेक्सास, क्यालिफोर्निया, कोलोराडो लगायतका राज्यका शहरहरुमा यस किसिमको सेवा प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *