नेपाल जाने प्रथम अमेरिकी अधिकारी

गजल साभार रचना

विश्वपरिक्रमा डेस्क

ऐतिहासिक तथ्यका अनुसार नेपाल भ्रमण गर्ने प्रथम अमेरिकी अधिकारी जर्ज आर.मेरेल थिए । उनी भारतका लागि चार्ज द अफेयर थिए । उनले सन् १९४५ को नोभेम्वर १६ देखि २२ सम्म नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणका अवसरमा उनले प्रधानमन्त्री पद्म शम्शेर समक्ष नेपालका गोर्खा सैनिकले वेलायती सेनालाई दोश्रो विश्वयुध्दमा  पुर्‍याएको योगदानको कदर वापत लेजन अफ मेरिट चढाएका थिए ।

जर्ज रोवर्ट मेरेल १३ जुलाई १८९८ मा अमेरिकाको मिजौरी राज्यको सेण्ट लुइसमा जन्मेका थिए । उनले हाइटी, चिन, भारत तथा अफगानिस्तानमा कुटनैतिक सेवा गरेका थिए भने ईथियोपिया र अफगानिस्तानका लागि राजदूतको रुपमा काम गरेका थिए ।

सन् १९६२ को १६ डिसेम्वरमा उनको देहान्त वेलायतको लण्डनमा भयो । उनी वेलायतका लागि अमेरिकी राजदूत के. ई. ब्रुसको सहायकका रुपमा काम गर्ने उनकी बहिनी रुथलाई भेट्न गएका थिए ।

(फोटो:विकिपेडियाबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *