म प्रति आकर्षित हुनेलाई

अनुवाद मेरो कविताः मेरो रोजाइ

वाल्ट ह्विटम्यान

तिमी नै हौ नयाँ अनुहार म प्रति आकर्षित हुने ?

शुरुमै भन्दिन्छु, यो चेतावनी सुन-म निश्चय पनि तिमीले सोचेभन्दा निकै फरक छु

के तिमीलाई लाग्छ, तिमीले तिम्रो आदर्श भेट्टउनेछौ ममा ?

के तिमीलाई लाग्छ म यति सजिलै तिम्रो प्रेमिका बनुँला ?

के तिमीले मसँगको मित्रताबाट विशुध्द सन्तुष्टी पाउनेछौ ?

के तिमीलाई लाग्छ म विश्वसनीय र वफादार छु ?

के तिमी यो मुखौटाभन्दा पर देख्न सक्दैनौ- शान्त र सहिष्णु मेरो ढङ्ग ?

के तिमीआफूलाई साँचो पृष्ठभूमितिर अग्रसर विर पुरुष ठान्दछौ ?

के तिमीसँग कुनै सोच छैन, ओ स्वप्नजीवि, यो सव माया वा भ्रम हुन सक्छ ?

अनुवाद: सुदामा

कवि परिचय: अमेरिकी कवि वाल्ट ह्विटम्यान (जन्म ईसं १८१९ मे ३१-देहान्त १८९२ मार्च २६) “लिभ्स अफ ग्रास” कृतिका लागि विश्व विख्यात् छन् । उनलाई आधुनिक कवि एज्रा पाउण्डले भनेका थिए, ” अमेरिकाका कवि हुन्………उनी स्वयम् अमेरिका हुन् ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *