१५ साउन २०८२, चितवन
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै पद्मश्री साहित्य पुरस्कारका लागि छोटो सूचिमा समावेश कृति र कृतिकारको नाम सार्वजनिक गरेका छन् ।
जस अनुसार अब पुरस्कारका सम्भावित हकदार ५ साहित्यकारका तीन उपन्यास र दुई नियात्रा कृतिहरु प्रतिस्पर्धामा रहेका छन् । ती ५ कृतिहरूमा अकारादि क्रममा छुदेन काविमोको “उरमाल”(उपन्यास), रमेश भूसालको “छालबाटो”(नियात्रा), भवानी खतिवडाको “प्रणाम सगरमाथा” (नियात्रा), सरस्वती प्रतीक्षाको “स्व”(उपन्यास) तथा तीर्थ गुरुङको “हिउँको गीत”(उपन्यास) रहेका छन् ।
यी तीन कृतिमध्ये एक कृतिले ३ लाख राशीको २०८१ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।
पहिलो सूचिमा रहेका यी कृतिहरू प्रतिस्पर्धाबाट बाहिरिएका हुन् -अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, प्रवासीको देश हुन्न (कथासंग्रह) पंचम अधिकारी, पानीको परेड (कवितासंग्रह) दिनेश अधिकारी, बहुरूपी (कथासंग्रह) श्रेयज सुवेदी, रुदाने (उपन्यास) टंक चौलागाई, साँझमा सेल्फी (कविता) हेम प्रभास, सावर्णि (उपन्यास) डा. श्रीधर खनाल, सिमसारा (आख्यान) वसन्त बस्नेत र श्री ५ को सेवामा (संस्मरण) हेमन्त मिश्र ।
स्मरणीय छ, प्रतिस्पर्धाका लागि २०३ प्राप्त भएका थिए ।
