रमेश शुभेच्छुबाट दर्जन कविता वाचन

मुख्य समाचार

काठमाडौं, २६ ज्येष्ठ

काठमाडौंमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा कवि रमेश शुभेच्छुले एक दर्जन कविता प्रस्तुत गरे ।  शुभेच्छुले करिब दुई दशक बिचमा रचना गरेका एक दर्जन कविता प्रस्तुत गरेका हुन् ।

स्वागत मन्तव्य र कवि परिचयपछि रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गरे । त्यसपछि कवि सुभेच्छुकका कविताहरु बिभिन्न कविहरुले प्रस्तुत गरे । कवि जय गौडेलले ‘हन्मेर्नो’, कवि नारायण निरासीले ‘अचानो’, कवि देवु लुइँटेलले ‘माझी’, कवि गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’, कवि डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरी कवि शुभेच्छुकका कवितामा थप ओज प्रदान गरे । स्मरणीय छ, शुभेच्छु आफै सशक्त कवि, वाचक र शास्त्रीइ एवम् लोककलाका विशिष्ट प्रशिक्षक पनि हुन् ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा  प्रतिनिधि सभाका सांसद् माननीय दयालबहादुर शाहीको प्रमुख आतिथ्य रहेको थियो । राष्ट्रिय जनसाहित्य सङ्घ, नेपालका महासचिव प्रकाश सिलवाललेद्वारा सञ्चालित उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिएका थिए । प्रा. केशवप्रसाद सुवेदीले वाचित कविताको समीक्षा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताए । उनले लेखकहरुले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने  भन्दै लेखनले समाज परिवर्तनमा सघाउँछ भन्ने विचार राखे । करिब तीन घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *