२१ असार २०८२, काठमाडौं
प्रा.डा.गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ भुटानको छायाँ चित्र” को एक समारोहका वीच बिमर्स कार्यक्रम प्रा.ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सो कृतिमाथि हेमचन्द्र नेपालबाट विशेष समीक्षा, प्रा.डा.कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी तथा साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी गरेका थिए ।
समारोहमा कृतिकार प्रा.डा.गोविन्दराज भट्टराईले आफ्नो कृति लेखनको पृष्ठभूमि तथा अमेरिका भ्रमणको सन्दर्भ प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार दिव्य गिरी, निबन्धकार श्रीओम श्रेष्ठ र साहित्यपोष्टका अश्विनी कोइरालाले लेखक शुभकामना मन्तब्य दिएका थिए ।
साहित्यकार शरद प्रधानले स्वागत गर्नुभएको सो कार्यक्रममा नारायण प्रसाद शर्माले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवादज्ञापन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता डा. तुलसी प्रसाद भट्टराईले गरेका थिए ।
आयोजक संस्था ओरियण्टल पब्लिकेसन्सका हरि गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरणीय छ डा. भट्टराइको यो ८० औं कृति हो ।
०००
