साहित्यपोष्ट छैठौं वर्षमा प्रवेश

मुख्य समाचार

२९ वैशाख २०८२, काठमाडौं

नेपाली साहित्यलाई डिजिटल माध्यमबाट साहित्यको विश्व बजारमा जाने लक्षसहित व्यावसायिक रुपमा सञ्चालित साहित्यिक वेव साईट साहित्य पोष्टले पाँच वर्ष पूरा गरेको छ ।
साहित्यिक समाचार र साहित्यिक रचनाहरुलाई दैनिक र नियमित रुपले अपडेट गरिने व्यावसायिक वेव साइट साहित्यपोष्ट नै पहिलो हो र आजको समयमा यो यस प्रकारको एक्लो वेव साइटको रुपमा देखा परेको छ र लाखौं पाठकलाई आकर्षित गर्दै जाने क्रममा निरन्तरता रहेको छ ।
साहित्य पोष्टले पहिलो पुस्तक प्रकाशित गर्ने नवान्तुक लेखकका लागि कविता, आख्यान तथा गैर आख्यानमा ५०.५० हजारको पुस्तक पुरस्कार पनि प्रदान गर्दै आएको छ ।
त्यस्तै पछिल्लो समय पुस्तक प्रकाशनको क्षेत्रमा समेत साहित्यपोष्ट अग्रसर हुँदै गएको छ । हालसम्म साहित्य पोष्टको ब्यानरमा ५० बढी कृतिहरु प्काशित भइसकेका छन ।
पाँचौं वार्षिकोत्सवका अवसरमा विश्वपरिक्रमासँग कुरा गर्दै साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइरालाले साहित्य पोष्टले छिटै साहित्य पोष्ट एप सञ्चालनमा ल्याउने र यसले नेपाली साहत्यलाई विश्वभर छिटो, छरितो रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला “प्रेमालय”, “जुकर्बर्ग क्याफे”, “उनी” जस्ता लोकप्रिय पुस्तकका लेखक हुन् र लामो समय कान्तिपुर प्रकाशन र अनलाइन खवर डटकममा उनले पत्रकारिता र साहित्यिक पक्षको संयोजन समपादनको अनुभव भएका व्यक्तित्व हुन् ।
पाँचौं वार्षिकोत्सवका अवसरमा विश्वपरिक्रमा परिवार साहित्य पोष्टको उत्तरोत्तर प्रगति र निरन्तरताको हार्दिक कामना गर्दछ ।

Leave a Reply