७ असार २०८२, काठमाडौं
गिद्धे प्रेस यूट्युव च्यानलले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा पहिलाे पटक “गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार २०८२” साहित्यकार श्याम प्रधान र “गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार विपी कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले प्रदान गरे ।
“उत्साह र समर्पणको पहिलो वर्ष! “स्लोगानका साथ पहिलो वार्षिकोत्सव मनाउँदै गरेको अवसरमा प्रमुख अतिथि चिरीबाबु महर्जनले सत्यमोहनको योगदान र ललितपुर नगरले उहाँको सम्मानमा गरेको कामका बारे चर्चा गर्दै यस्ता अभियानले सत्यमोहन जोशीको योगदान जीवन्त हुने र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुने बताए साथै उनले उनले नेपाली यूट्युव पत्रकारितामा गिद्धे प्रेसले परिपक्व पत्रकारिता गरिरहेको बताउँदै जीवनमा पहिलो पटक अन्तर्वार्तामा गिद्धे प्रेससंग धेरै अन्तरङ्ग भएर खुलेको समेत बतए ।
कार्यक्रममा डा. तुलसी भट्टराईले साहित्यमा सत्यमोहन जेशीको योगदानलाई चीरकालसम्म सम्झाउन यस्ता कार्यक्रम प्रभवकारी हुने बताउँदै पुरस्कृत प्रधान यस्ता पुरस्कारको हक राख्न सक्ने प्रतिभा भएको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई संगस्ंगै जाेडेर गिद्धे प्रेसले गरेको काम उदाहरणीय भएको बताए ।
वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नामबाट पुरस्कार स्थापना गरेको सुनेर आश्चर्यमा परेको बताउँदै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए ।
पुरस्कृत प्रतिभा श्याम प्रधानले यसरी यति ठूलो नामसंग जोडिएको पुरस्कार आफुले प्राप्त गरूँला भन्ने कल्पना नगरेको बताउँदै पुरस्कारले साहित्यसेवामा सक्रिय भएर काम गर्न अझ हौसला मिलेको बताए ।
कार्यक्रममा गिद्धे प्रेसका सम्पादक एवं संचालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिताका क्षेत्रमा यसरी पुरस्कार स्थापना गर्दा संस्था अझ बलियाे हुने र कामकाे क्षेत्र फराकिलो हुने बताए । उनले यी पुरस्कारहरूलाई स्थागत बनाउने प्रण समेत गरे। उनले भ्यूज र पैसाका लागि मात्रै गिद्धे प्रेसले काम नगरेको बताउँदै आफुहरूले प्रशारण गरेका हरेक सामग्री अर्काइभमा सुरक्षित गरेको बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई कवि प्रधुम्न जोशीले स्वागत गरेका थिए भने कार्यक्रम संचालन कवि युवराज शर्माले गरेका थिए ।
०००
