पन्त स्मृति प्रतिष्ठानका पुरस्कारहरु समर्पित

मुख्य समाचार

१ भाद्र २०८०, काठमाडौं

 

पन्त स्मृति प्रतिष्ठानको एक्काईसौं वार्षिकोत्सव तथा अठारौँ सम्मान कार्यक्रमको आयोजना गरियो । सो  समारोहमा नौ जना विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान समर्पण गरियो ।

कार्यक्रममा बाल नृत्यकलातर्फ सदिक्षा बाल प्रतिभा पुरस्कार सीता रावल,चित्र कलातर्फ सीताश्री स्मृति सम्मान पुरस्कार रूपक राई,हास्य व्यङ्गतर्फ गोपालराज पन्त स्मृति सम्मान पुरस्कार शैलेन्द्र सिम्खडा,उपन्यासतर्फ रामराज पन्त स्मृति सम्मान पुरस्कार जानुका खतिवडा, लोककथा/सँस्कृतितर्फ मैँयावासु पन्त स्मृति सम्मान पुरस्कार डा.शशि थापा,साहित्यिक पत्रिकातर्फ वन्धु पन्त स्मृति सम्मान पुरस्कार वियोगी बुढाथोकी,समालोचना तर्फ टिकामुकुन्द पन्त स्मृति सम्मान पुरस्कार प्रा.डा.भागवत ढकाल,समाज सेवातर्फ आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार कोपिला हुमागाई तथा बाल साहित्यतर्फ सुशिला पन्त स्मृति सम्मान पुरस्कार गोपाल पराजुलीलाई समर्पण गरिएको थियो ।

गोपालराज पन्त स्मृति पुरस्कार रू ५००००/-, वन्धु पन्त स्मृति पुरस्कार रू ५००००/-, राम राज पन्त स्मृति पुरस्कार रू २५०००/-, सीताश्री स्मृति पुरस्कार रू २५०००/-, मैँयावासु पन्त स्मृति पुरस्कार रू १५०००/-, , टिकामुकुन्द पन्त स्मृति पुरस्कार रू १००००/-,आमा इन्दिरा पन्त स्मृति पुरस्कार रू १००००/-, सुशिला पन्त स्मृति पुरस्कार रू १००००/- तथा  बाल प्रतिभा पुरस्कार रू १००००/-,  को रहेको छ।

समारोहमा नवज्योति किशोर साहित्यिक पत्रिकाको विमोचन समेत गरिएको थियो।

प्रतिष्ठानकी अध्यक्ष इन्दु पन्तको सभापतित्व तथा नेपाल सँस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूर्ण चन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानकी सदस्य सचिव अञ्जु पन्तले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सिमरन पन्तले गरेकी थिइन् ।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *