गगनसिंह थापाको थापाको ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

मुख्य समाचार

पुस २०८१, टीकापुर

टीकापुरका आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास “मेरा गाउँको खड्क्या मन्त्री” एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न सो कृतिको विमोचन उपन्यासका मुख्य पात्र पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्क बहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपाली दम्पतीले गरेका हुन् । उनीहरू टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका र नेपाली बजार क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।
कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरू भन्दा यो कृति उत्कृष्ट रहेको बताए ।
प्रकाशक गगन फाउण्डेसनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकापर्ण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।
सो कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल, कालुप्रसाद काफ्‌ले लगायतले उन्यासको बारेमा बोलेका थिए ।
स्मरणीय छ दिवङ्गत आख्यानकार थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् । चौध अध्याय रहेको यस उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *