बाँच्नु मात्र पर्छ (कविता)

कविता

सुभाषचन्द्र पौडेल भीमफेदीया

बाँच्नु मात्र पर्छ

के-के देख्न पाइन्छ

के-के लेख्न पाइन्छ

कहिले आँसुले

आँखा सेक्न पाइन्छ

कहिले हाँसोले

आँसु छेक्न पाइन्छ

सोच्दै नसोचेको

ठाउँ टेक्न पाइन्छ

बाँच्नु मात्र पर्छ

के-के देख्न पाइन्छ

के-के लेख्न पाइन्छ

तर

त्यसका लागि पनि

थेग्ने शक्ति चाहिन्छ।

(२३ पुस २०८१,सिड्नी,अष्ट्रेलिया)

000

कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको कविता सङ्ग्रह “तील गङ्गा गोविन्द”(विसं २०७९) तथा “सम्झना विर्सना” (२०८०) गद्यकृति प्रकाशित छन् । यसअघि उनको पहिलो कृति गीत,सङ्गीत तथा गायन क्षेत्रका साधकहरूसँगको भेटवार्ता “त्रिवेणीका लहरहरू” (विसं २०४४) श्रीरामसिंह वस्नेतसँगको सहलेखनमा प्रकाशित भएको थियो । उनले तीसको दशकमा “कुरौटे” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनको माध्यमबाट साहित्यिक पत्रकारको छवि समेत निर्माण गरेका थिए । मकवानपुरको भीमफेदीमा जन्मेका उनी हाल काठमाडौं वस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *