१६ पुस २०८१, काठमाडौं
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा मुटुमा समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
गत शुक्रवार छातीमा असजिलो भएपछि उनलाई अस्पताल लगिएको थियो र हल्का हृदयाघात भएको थाहा भएको छ ।
उपचारको क्रममा उनको मुटुमा ब्लकेज देखिएपछि स्टेन्ट राखिएको पारिवारिक श्रोतले जनाएका छन् ।
उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको थाहा भएको छ ।
साहित्यिक क्षेत्रमा उपन्यासकार तथा कथाकारको व्यक्तित्व भए पनि विशेष उनलाई “अभिव्यक्ति” पत्रिकाका संस्थापक सम्पादकको रूपमा नेपाली साहित्यमा विशेष सम्मानका साथ लिने गरिन्छ ।
विश्वपरिक्रमा परिवार उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।