नइ प्रकाशनका पाँच कृति एकसाथ विमोचित

मुख्य समाचार

२४ भदौ २०८०, काठमाडौं

नइ प्रकाशनका पाँच कृतिहरुको एक समारोहका वीच काठमाडौंमा एकसाथ विमोचन सम्पन्न भएको छ ।
विमोचित कृतिहरु ईन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ कथासङ्ग्रह, सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु रहेका छन् । यी कृतिहरुलाई वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी तथा पाँचै स्रष्टाहरुले सामुहिक रुपमा विमोचन गरेका थिए ।
आयोजक वानीरा फाउन्डेसन रहेको उक्त समारोहमा समालोचक प्रा.केशव सुवेदीबाट लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो ।
समारोहमा कविताकृतिका नारीस्रष्टाहरुले कविता वाचन समेत गरेका थिए ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गरेकी थिईन् ।
कार्यक्रमको शुरुमा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो ।
उक्तकुरा वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाई प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

(तस्वीर नरेन्द्रराज प्रसाईंको फेसवुकबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *