२९ मंसिर २०८१, काठमाडौ ।
वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको जन्कु अर्थात् बूढो पास्नीका अवसरमा साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गुन्जन नारी साहित्य संस्था, नेपाल बालसाहित्य समाज, दायित्व वाङ्मय प्रतिष्ठान, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, उपन्यास समाज नेपाल, नेपाल साहित्य मन्दिर, सिद्धिश्वरमान अक्ष लोक साहित्यिक केन्द्र, शब्दपथ, जङ्गम प्रतिष्ठान नेपाल, वासु शशी स्मृति परिषद र शंकर लामिछाने प्रतिष्ठान गरि १४ संस्थाले बधाई ज्ञापन तथा सम्मान ग-यो ।
सो अवसरमा उनलाई बधाईपत्र अर्पण गर्नुका साथै दोसल्ला, सल, माला, टीका तथा फूल वर्षाले विशेष सम्मान गरिएको थियो । सम्मान पत्रमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, गुन्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, नेपाल साहित्य मन्दिरका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा. सावित्री श्रेष्ठ, शब्द पथका प्रधान सम्पादक किशोर पहाडी, जङ्गम प्रतिष्ठान नेपालका अध्यक्ष भरत जंगम, वासु शशी स्मृति परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले हस्ताक्षर रहेको छ ।
कार्यक्रममा साहित्यिक पत्रकार संघ र शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले वरिष्ठ आख्यानकार एवं गायिका पद्मावती सिंहको परिचय गर्नु हुँदै सिंहको साहित्यिक, साङ्गीतिक र साङ्गठनिक योगदानको चर्चा गरेका थिए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”ले सिंहलाई प्रदान गरिएको बधाई पत्र वाचन गरेका थिए । कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य राखेका थिए ।
सम्मान ग्रहण पश्चात् सम्मानित सिंहले सबैलाई धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दै गीत गाएकी थिइन् । गायिका मथुरा श्रेष्ठले पनि सो अवसरमा शुभकामना गीत गाएका थिए ।
०००