प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानको घोषणा

समाचार

२५ मंसिर २०८१, काठमाडौं

नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरे बापत उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
कवि मनोज भण्डारी नेपाल संस्कृत विश्व विद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्ण पदक विजेता पनि हुन । सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् । छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीको “ईश्वरलाई चिठी” कविता सङ्ग्रह प्रकाशित छ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको समाजको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त सम्मान नेपाल स्रष्टा समाजको १८औं स्थापना दिवसको दिन पुष १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *