राजेन्द्र गुरागाईको “शब्दहार” विमोचन सम्पन्न

समाचार

२८ साउन २०८०, काठमाडौं

साहित्यकार राजेन्द्र गुरागाईको गीतसंग्रह “शब्दहार” काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण सम्पन्न भयो ।
विमोचित कृतिवारे बोल्दै साहित्यकार प्रमोद प्रधानले गुरागाईका रचनामा राष्ट्रभक्तिका स्वरहरु कलात्मका रुपमा प्रस्तुत भएको उल्लेख गरे ।
सो पुस्तकको प्रकाशक प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले कृतिकार गुरागाईका रचनाभित्र कलापक्ष प्रचूर मात्रामा रहेको कुरा बिराटनगरबाट आफ्नो शुभकामना मन्तव्यमार्फत व्यक्त गरे । समारोहमा साहित्यकारहरु राधेश्याम लेकाली तथा शान्तिमाया गिरीले समेत मन्तव्य प्रकट गरेका थिए ।
सो अवसरमा कवि राधिका गुरागाई, कवि विमुश पौडेल तथा कृतिकार राजेन्द्र गुरागाईले कृतिभित्रका केही गीतहरु वाचन गरेका थिए ।
समारोहका प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले कृतिकार गुरागाई कुशल अनुवादक हुनुका साथै स्वादिला गीत तथा कविता लेख्न सिपालु स्रष्टा भएको बताए ।
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित सो विमोचन समारोह उक्त प्रतिष्ठानका अध्यक्ष ऋषभ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका महासचिव मधु पाठकले कार्यक्रम सञ्चालन सो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *